Aamsanchar

आज यी स्थानमा दिउँसो वर्षा

Author Image
शुक्रवार, जेठ ५, २०८०

काठमाडौं : शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहान मौसम खुलेपछि दिउँसो ३ बजेदेखि वर्षाको सम्भावना छ। राति भने सामान्यतया देशैभरे मौसम सफा रहने​मौसमविद् विनु महर्जनले जानकारी दिइन्। तराईमा भने वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर