Aamsanchar

आगलागीले गुल्मीमा २१ सय हेक्टर वन सखाप

Author Image
शुक्रवार, जेठ ५, २०८०

गुल्मी : गर्मीयाम सुरु भएसँगै गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप पारेको छ।

डिभिजन वन कार्यालय गुल्मीकी सूचना अधिकारी मुना शर्माका अनुसार सबैभन्दा बढी रेसुंगा नगरपालिका भित्रको करिब ५००  हेक्टर वनक्षेत्रमा आगलागी भएको जानकारी दिइन्। शर्माका अनुसार जिल्लाका १२ वटै स्थानीय तहका वनक्षेत्रमा आगलागी भएको छ।

वनक्षेत्रमा आगलागी हुने मुख्य कारण स्थानीयले जानाजानी राम्रो घाँस पलाउने आसले आगलागी हुने गरेको पाइएको र आगो लगाउनेको पहिचान गरी पक्राउ गरेको शर्माले बताइन्। पछिल्लो समय वनक्षेत्रमा आगो लगाउने दुई जनालाई पक्राउ गरी  वन ऐन २०७६ अनुसार  मुद्दा दर्ता भएको छ । वन ऐन २०७६ अनुसार  वनमा आगो लगाउनेलाई तीन वर्ष कैद ,६० हजारसम्म जरिवाना र दुवै हुन सक्ने प्रावधान छ।

आगलागी हुन नदिनका लागि कार्यालयले सञ्चार माध्यमहरुबाट उचित प्रचारप्रसार, ज्वलनशील वस्तुको व्यवस्थापन  र आगलागी भइ हालेमा नियन्त्रणका लागि जिल्लाका सुरक्षा निकायहरूलाई अग्नि नियन्त्रण सामग्री खरिद गरी हस्तान्तरण गरेको शर्माले बताइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर