Aamsanchar

गोसाईकुण्ड र निलकण्ठ, स्नान आरम्भ

Author Image
शुक्रवार, जेठ ५, २०८०

आजको आलेख निलकण्ठको अर्थवाटै शुरु गरौं । यो कोरोना त्रासमा हामीहरु धेरै समय घरभित्रै बसेर बिताइरहेका छौं, यसवर्षको हाम्रो तिर्थाटनहरु फरक रहनेछन्, तिर्थम पुग्न मुश्किल भएपनि शव्दहरु र भावहरुले भगवान तत्वको संझना, अर्चना र बिवेचना गरौं ।

नीलकण्ठ, नीलो घाँटी भएको, म आज यहाँबाट शुरु गर्दै छु, र यो अति उत्तम कथा हो ।

समुन्द्र मन्थनका क्रममा समुन्द्रवाट धेरै कुराहरु निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पती र स्थापित भए । यसैक्रममा महासागरवाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरुलाई असर गर्न थाल्यो, भगवान विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो ।

शिवजी ले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैं । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाबिध्याको स्वरुपमा प्रवेश गरि विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सिमित पार्नुभयो । यसरी निलो घाँटी भएका निलकण्ठ भगवान गएर त्रिशुल प्रहार गरि बनाएको कुण्ड नै गोसाईकुण्ड हो ।

समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईकुण्ड (गोसाईको अर्थ) भगवान र कुण्ड पवित्र पोखरी हो, भगवान शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ।

सबै देवताहरु त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ।

जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ गोसाईकुण्डमा आजको दिनबाट हजारौ भक्तालुहरु विभिन्न जनविश्वासका साथ वर्षेनि कुण्डमा स्नान गर्न जाने परम्परा रहेको छ। रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने अनुमान रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१