

काठमाडौं : आइतबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महशाखाले जनाएको छ।

दिउँसो काठमाडौं उपत्यकासहित प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान मातथामधेश प्रदेशका एक वादुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद वरुण पौडेलले बताए। उनका अनुसार कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ।


बाँकी भू–भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।
Views: 156

