Aamsanchar

जबरजस्ती करणी अभियोगमा अर्जुनधाराका एकजना युवा पक्राउ

Author Image
आइतवार, जेठ १४, २०८०

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपानलिका ११ स्टाप चोकका २७ वर्षीय विवेक श्रेष्ठ रहेका छन् ।

झापा प्रहरीका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।

विवेकले ती किशोरीलाई सोही ठाउँमा रहेको साथीको कोठामा आएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर