Aamsanchar

प्रधानमन्त्रीकाे नेतृत्वमा काे काे जाँदैछन् भारत भ्रमणमा ?

Author Image
सोमवार, जेठ १५, २०८०

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा जाने टोलीको टुंगो लागेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको टोली टुंगो लागाएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीको टोलीमा अन्य पाँच जना मन्त्री सहभागी हुने बताइन्। उनका अनुसार टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्ने, परराष्ट्रमन्त्री एनपी साउदलगायत छन्।

प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा जाँदैछन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा तीन दिने भारत भ्रमणमा जान लागेका हुन्।

Views: 447

प्रतिक्रिया (०)