Aamsanchar

प्रधानमन्त्रीले भारतलाई संसदमा राखेको नक्सा सच्याउ भन्न नसक्ने भए भ्रमणमा किन जाने ? : ओली

Author Image
मङ्गलवार, जेठ १६, २०८०

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसदमा कुँदिएको नक्सामा नेपालको भूमि समेटिएको भन्दै आपत्ति जनाएका छन्।

उनले नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसदजस्तो ठाउँमा राख्ने कार्यलाई उचित मान्न नसकिने बताए। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस विषयमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा कुरा उठाउनुपर्ने बताए।

‘प्रधानमन्त्रीजी भोलि भारत जाँदै हुनुहुन्छ । भारतलाई गल्ती सच्याउनुस् भन्नुपर्छ’ उनले भने, त्यति गर्न नसक्ने भए भारत भ्रमणमा किन जाने?’

भारतले संसद भवनमा कुँदेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समेटेपछि विवादित भएको छ।

उनले विश्वव्यापी रुपमा बलियाले हेप्नु न्यायोचित छ भनेजस्तो भएको टिप्पणी गरे। बलियाले जे गर्छ त्यही सत्य हो भनेजस्तो स्थापित गराइएको छ। ओलीले भने, ‘संयुक्त राष्ट्रसंघ हेरेको हेरेकै छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर