Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, जेठ १७, २०८०

काठमाडौं : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहे पनि मौसम सामान्यतया सफा छ।

दिउँसो कर्णाली र ​सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहे पनि मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बुधवार राति देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर