Aamsanchar

रेशम चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध दर्ता रिटमा सुनवाइ आज

Author Image
बुधवार, जेठ १७, २०८०

काठमाडौं : टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशम चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध दर्ता भएको रिटमा बुधबार सुनवाइ हुँदैछ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा चौधरीको सजाय मिनाहा गर्ने निर्णयविरुद्ध टीकापुर घटनाबाट पीडित शारदा कठायत बोहोरालगायतले  मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्। कठायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।

जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय सुनाइएका चौधरी डिल्लीबजार कारागारमा थुनामा थिए। अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो। तर राष्ट्रपतिको निर्णयअनुसार चौधरी सोमबार नै रिहा भइसकेका छन्।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको  मृत्यु भएको थियो। यसै क्रममा एक बालकको निर्ममतापूर्वक हत्या गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर