Aamsanchar

कोशी प्रदेश : वार्ता आह्वानालाई पहिचान पक्षकाे स्वागत, आजको आमहड्ताल पनि फिर्ता

Author Image
बुधवार, जेठ १७, २०८०

कोशी प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौला

काठमाण्डौ – कोशी प्रदेश सरकारले गरेको वार्ता आह्वानालाई पहिचान पक्षले स्वागत गरेको छ ।

संघर्ष समितिका संयोजक अर्जुन जम्नेली राईले वार्ताको लागि औपचारिक पत्र नआए पनि आफूहरु परिणाममुखी वार्ताको लागि सधैं तयार रहेको बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा उहाँले सरकारले वार्तामा बोलाउनु सकारात्मक रहेको बताउनुभयो ।

प्रदेशको नाम कोशी खारेजको माग राख्दै आन्दोलन गरिरहेको पहिचान पक्षलाई तीन महिनापछि कोशी प्रदेश सरकारले हिजो वार्ताको आह्वान गरेको हो ।

कोशी प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले विज्ञप्ति निकालेर वार्तामा आउन आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभएको छ ।

गएको फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधरहरूले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।

यसैबीच गएको १४ गते पक्राउ परेका २७ जना पहिचानवादी नेता कार्यकर्तालाई स्थानीय प्रशासनले रिहा गरेको छ ।

संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे आज प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको थियो ।

नेता कार्यकर्ता रिहा भएपछि पहिचान पक्षधरले आज गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर