Aamsanchar

झापामा अत्याधिक गर्मी, विद्यालयहरू बिदा हुन थाले, कनकाईमा समय परिवर्तन की बिदा ?

Author Image
बिहिवार, जेठ १८, २०८०

कनकाई। अत्याधिक गर्मीका कारण झापाका केही स्थानीय तहका विद्यालयहरु केही दिनका लागि छुट्टी भएका छन् ।  त्यस्तै कनकाई नगरपालिकाले पनि  विद्यालय लाग्ने  समय परिवर्तन गरेर विद्यालय सञ्चालन गर्ने की विद्यालय छुट्टी गर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी थालेको छ ।

केही दिन यता बाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि कनकाई नगरले विद्यालयको समय परिवर्तन गर्ने की केही दिन  छुट्टी नै गर्ने हो  कि भन्ने   विषयमा अनौपचारिक  छलफल भइरहेको  नगर प्रमुख  राजेन्द्र पोखरेलले जानकारी दिए ।

सोही विषयमा छलफल गर्न  भोलि शुक्रबार नगरको शिक्षा शाखाले बैठक बोलाएको शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले बताए।

आज ९विहिबार० नगरका शिक्षा र नगरभरिका सामुदायिक विद्यालयका शिक्षक बिच  छलफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए ।

हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर र कचनकवल, मोरङको  विराटनगर लगायतका विभिन्न पालिकाहरूले  केही दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेका छन् ।

यता मेचीनगर शिक्षा शाखाले  सूचना निकालेर आगामी बर्खे बिदाबाट कट्टा हुनेगरि जेठ १८ आज र १९ गते भोलि विद्यालय बिदा गराएको छ ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले मेचीनगर नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बिदा दिइएको शिक्षा शाखाले जनाएको छ ।

त्यस्तै, झापाकै कचनकवल का सामुदायिक विद्यालयहरू पाँच दिनका लागि  बिदा दिइएको छ ।

यस्तो आज आज झापाको तापक्रम

सरुवा रोगको जोखिम

गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन डाक्टरले आग्रह गरेका छन् । जाडोको तुलनामा गर्मीको समयमा सङ्क्रामक रोगको जोखिम धेरै हुने भएकाले स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् । गर्मी मौसम सुरु भएपछि भाइरल ज्वरो लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ ।

देशका विभिन्न अस्पतालमा अहिले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने लगायतका समस्या भएका बिरामी बढ्न थालेका छन् । डाक्टर प्रशान्त त्रिपाठीकाअनुसार गर्मीमा टाइफाइड, झाडापखालाको जोखिम धेरै हुन्छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले दूषित पानी र खानाका कारण सरुवा रोग फैलने खतरा गर्मीमा धेरै हुने बताए । सरुवा रोगको जोखिमबाट बच्न व्यक्तिगत सरसफाइका साथै खानपिनमा ध्यान दिन डा पुनको सुझाव छ ।

सडक आसपासमा बेच्न राखेका खानेकुरा नखाइ घरभित्रै बनाइएको स्वस्थ खाना खाए र शुद्धीकरण गरेको पानी पिउने गरे सरुवा रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 505

प्रतिक्रिया (०)

सम्बन्धित खबर