Aamsanchar

‘परिवारका अन्य सदस्यको ब्रश एउटै ठाउँमा राख्नु हुदैन’

Author Image
बिहिवार, जेठ १८, २०८०

दाँत र गिजाको राम्रो स्वास्थ्यका लागि दिनहुँ विहान–बेलुका ब्रश गर्नु राम्रो मानिन्छ । यसो गर्नाले केवल मुखमा भएका ब्याक्टेरिया कम हुने मात्र नभइ दाँत पनि बलियो हुन्छ ।

बजारमा विभिन्न प्रकार ब्रश उपलब्ध हुन्छन् । मानिसले आफ्नो बजेट अनुसारको टूथब्रश किन्छन् र त्यसलाई लगातार प्रयोग गर्छन् ।

तर ब्रशका रेसाहरु बिग्रिसक्दा पनि धेरै मानिस त्यहि ब्रश प्रयोग गरिरहन्छन् । प्रायः मानिसलाई आफ्नो टूथब्रश कति समयमा परिवर्तन गर्ने भन्ने कुराको जानकारी हुँदैन । त्यसैले टूथ ब्रश कति समयमा परिवर्तन गर्ने भन्ने बारेमा केहि जानकारी निम्न प्रकार छन् ।

दन्त विशेषज्ञका अनुसार ब्रश जुनसुकै ब्राण्डको भएता पनि त्यसलाई हरेक तीन–चार महिनामा परवर्तन गर्नै पर्छ । किनभने हरेक तीन महिनामा ब्रशको रेशा बिग्रिएर कडा बन्दै जान्छ । त्यस्ता ब्रशले दाँत सफा हुनु भन्दा झन् नोक्सान पुुर्याउँछ ।

कुन स्थिति झन् गम्भीर ?

यदि तपाईँलाई रुघा, खोकी, ज्वरो अथवा माउथ फंगससंग सम्बन्धित कुनै रोग छ भने तुरुन्त आफ्नो ब्रश परिवर्तन गर्नु आवश्यक छ । विभिन्न समस्या भएको समयमा ब्याक्टेरिया ब्रशमा टाँसिएर रहेका हुन्छन् । त्यहि ब्रशले दाँत सफा गर्नाले रोग झन् बढ्दै जान्छ । यो कुरालाई ध्यान दिँदै परिवारका अन्य सदस्यको ब्रश एउटै ठाउँमा राख्नु हुदैन । यदि परिवारको एउटा सदस्यलाई केहि रोग लाग्यो भने बाँकि सदस्यमा पनि सजिलै फैलन्छ ।

ब्रश बिग्रिएको कसरी थाहा पाउने ?

टूथब्रश खराब भएको छ कि छैन भन्ने कसरी थाहा पाउने रु यसका लागि अर्को तरिका पनि छ । यदि ब्रशको रेशा झर्न थाल्यो भने यसको अर्थ ब्रश खराब भइसकेको छ । यस्तो अवस्थामा ब्रश परिवर्तन गर्नु नै बुद्धिमानी हुन्छ । त्यस्तै यदि ब्रशको सतहमा अथवा रेशाको तल्लो भागमा सेतो पत्र जम्न शुरु भएको छ भने यसको अर्थ ब्रश परिवर्तन गर्ने समय भएको भन्ने बुझ्नु पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 531

प्रतिक्रिया (०)

सम्बन्धित खबर