Aamsanchar

रजनीगन्धा तस्करीमा सङ्लन तीनजना पक्राउ

Author Image
आइतवार, जेठ २१, २०८०

बिराटनगर। मोरङको बिराटनगर महानगरपालिका–५ स्थितबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर–५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा फेला पारी चोरी तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउपालिका–६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर–५ का ४२ बर्षीय अरुण यादव समेतलाई को. १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका-२ स्थितमा अवैध रुपमा भारत बाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउँदै गरेको करिव १ लाख ६ हजार मुल्य बरावरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर