Aamsanchar

आफ्नै घरमा आगाे लगाउने वीरबहादुर पक्राउ

Author Image
सोमवार, जेठ २२, २०८०

कैलाली – कैलालीकाे धनगढीमा आफ्नै घरमा आगाे लगाएकाे आराेपमा एक जना पुरुष पक्राउ परेका छन् । जाँडरक्सी खाएर घरमा आगाे लगाएकाे आराेपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टलाई पक्राउ गरेकाे हाे ।

उनले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाउँदा लत्ता कपडा, सोफासेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको थियाे।

प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर