Aamsanchar

खोप लगाउन छुटेका बालबालिका सम्पर्कमा ल्याए पुरस्कार

Author Image
सोमवार, जेठ २२, २०८०

डोटी – डोटीको शिखर नगरपालिकाले खोप लगाउन छुटेका बालबालिकाहरुलाई सम्पर्कमा ल्याए पुरस्कार दिने घोषणा गरेको छ ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्दै खोप लगाउन छुटेका बालबालिका ल्याए प्रति बालबालिका पाँच सय रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरिएकाे हो ।

निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेको दाबी गर्दै नगरपालिकाले कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको जनाएको छ ।

‘हामीले अहिलेसम्म नगरका कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट छुटाएका छैनौँ’ स्वास्थ्य शाखा प्रमुख हरिष शाहले भन्नुभयो, ‘कोही कसैले खोप लगाउन छुटेका बालबालिकालाई सम्पर्कमा ल्याएँ जनही पाँच सय रुपैयाँ पुरस्कार दिने छौँ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर