Aamsanchar

खप्तड राष्ट्रिय निकुञ्ज

Author Image
मङ्गलवार, जेठ २३, २०८०

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुन्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ ।

सरकारले वि.सं. २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो, जसलाई अहिले सेनाले संरक्षण गरेको छ।

यो राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् । यी स्थानहरूमा यहाँ गंगा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्दछन् । खप्तड दह–त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ । पर्या–पर्यटनको प्रचुर सम्भावना भएको यो क्षेत्र प्रचार प्रसार र अन्य भौतिक सेवा सुविधाको अभावमा पछाडि परेको छ । निकुञ्जको आम्दानी न्यून भएको कारण मध्यवर्ती क्षेत्रका कार्यक्रमहरू संचालनमा कठिनाइ भइरहेको छ ।

फोटो : अज्ञात

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर