Aamsanchar

आतंकवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृ*त्यु

Author Image
मङ्गलवार, जेठ २३, २०८०

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको  सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ।

घटनापछि  सो क्षेत्रमा फेला परेका अन्य आतंकवादीहरूलाई हटाउनका लागि सो क्षेत्रको कारबाही थालिएको छ।

पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतंकवादको खतरा हटाउन कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर