Aamsanchar

काठमाडौंका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे

Author Image
बिहिवार, जेठ २५, २०८०

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । शाह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए ।

तर शाहको सचिवालयले यसलाई सांस्कृतिक नक्सा भनेको छ । “हामीले ग्रेटर नेपालको नक्सा आजैदेखि राखेका हौँ,” सचिवालयका एक सदस्यले भने । भारतले आफ्नो संसद् भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाली भूभाग समेटिएको नक्सा राखेपछि त्यसले तरंग सिर्जना गरेको छ ।

पूर्वमा टिष्टा र पश्चिममा काँगडासहितको भूभाग ग्रेटर नेपालभित्र राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर