Aamsanchar

टिकटकर कर्मचारीलाई गृहको सातबुँदे निर्देशन

Author Image
सोमवार, जेठ २९, २०८०

गृह मन्त्रालयले  टिकटकमा  झुमिएर आफ्नो कर्तव्य विस्रिएका कमचारीहरुलाई कार्यालय भित्र र कर्मचारी पोशाकमा टिकटक नबनाउन निर्देशन दिएको छ । 

गत १९ जेठ गते नै गृह मन्त्रालयले  यस्तो निर्देशन दिएको हो ।  सचिवस्तरीय निर्णयअनुसार गृहले सातबुँदे निर्देशन जारी गरेको छ । ‘

गृह मन्त्रालयमातहत कार्यरत केही वरिष्ठ अधिकारीले अनुपयुक्त, अव्यावसायिक गतिविधि तथा पदको गम्भीरता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृङ्खल किसिमका भिडियोहरू पोस्ट गर्ने गरेको भन्ने व्यहोराको गुनासो प्राप्त भएको’ले यस्तो निर्देशन जारी गरिएको गृहले जनाएको छ । 

निर्देशनको पहिलो बुँदामा ‘कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोसाकमा  भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने’ उल्लेख छ । त्यस्तै, सरकारी सवारीसाधनको प्रयोग गरेर, कार्यालयसँग सम्बन्धित संवेदनशील कामकारबाहीको जानकारी दिन नहुने निर्देशनमा उल्लेख छ । कार्यालयको कामकारबाहीको विवरण जानकारी गराउँदा व्यक्तिगत प्रचार–प्रसार र जस लिने आशयले पनि गर्न नपाइने निर्देशन छ । 

‘आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेजस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा समेत नराख्ने,’ पाँचौँ नम्बर बुँदामा भनिएको छ । पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा राख्न नपाइने गृहको निर्देशनमा छ । निर्देशन पालना गरे–नगरेको विषयमा मन्त्रालयले अनुगमनसमेत गर्ने प्रवक्ता जितेन्द्र बस्नेतले बताए । ‘यो कर्मचारीको अनुशासनसँग सम्बन्धित विषय हो,’ उनले भने, ‘टिकटक बनाउनतर्फ लागेर सेवा प्रवाहमा पनि असर नपरोस् भनेर कार्यालयभित्र नबनाउन भनेका हौँ । हामी नियमित अनुगमन पनि गर्छौँ ।’ 

सुरक्षा निकायहरूले पहिलेदेखि नै पोसाक लगाएर खिचिएको फोटो र भिडियो राख्न नपाउने नियम लागू गरेका छन् । युनिफर्म लगाएर तथा कार्यालयमा फोटो–भिडियो खिचेर पोस्ट गर्ने सुरक्षाकर्मी त कारबाहीमा समेत पर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर