Aamsanchar

प्रधानमन्त्री पत्नी सितालाई लगियो नर्भिक अस्पताल , प्रचण्डको पनि स्वास्थ्य परीक्षण

Author Image
सोमवार, जेठ २९, २०८०

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई नर्भिक अस्पतालमा लगिएको छ।

सोमबार प्रधानमन्त्री पत्नी सीतालाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. युवराज शर्मालगायत डाक्टरहरूको टिमले उनको स्वास्थ्य परीक्षण गरेको उनले बताए। यसक्रममा प्रधानमन्त्री प्रचण्डको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको शर्माले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर