Aamsanchar

मुख्य सचिवमा अर्याल नियुक्त, बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार

Author Image
बिहिवार, जेठ ३२, २०८०

काठमाडौं : सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ।  बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

३ महिनापछि अवकाश पाउन लागेका मुख्यसचिव शंकरदास बैरागीलाई​ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको जनाइएको छ। आजै राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो।  अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए।

Views: 167

प्रतिक्रिया (०)