हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
१ नटराजको मूर्ति
नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
२ ताजमहल
ताजमहल सुन्दर कलाकारिताको नमुना हो र यो प्रेमको पनि प्रतीक हो । यसको तस्वीर वा सानो प्रतिमालाई धेरैजनाले घरमा राख्ने गरेका छन् । तर ताजमहल मुमताजको चिहान पनि हो । यस्तो मृत्युको प्रतीकलाई घरमा राख्दा नकारात्मक ऊर्जा फैलिन्छ ।
३ डुब्दै गरेको जहाज
डुब्दै गरेको जहाजको चित्र घरमा राख्नुभयो भने तपाईंको सौभाग्य हराउँछ । यस्तो चित्र वा शोपीसले तपाईंका नातेदारसँगको सम्बन्ध बिगार्छ ।
४ जंगली जनावरको प्रतीक
आजकल जनावरहरूको कुनै सुन्दर शोपीस, खेलौना र गुडिया बजारमा पाइन्छन् । हेर्दाखेरी आकर्षक लाग्ने यस्ता शोपीसले तपाईंलाई हानि गर्छन् । यस्ता चीज घरमा राख्दा घरका सदस्यको स्वभाव उग्र हुन पुग्छ । अनि घरमा क्लेश र हिंसा बढ्छ ।
५ महाभारत ग्रन्थ वा तस्वीर
महाभारत हिन्दू धर्मको सबभन्दा महत्वपूर्ण ग्रन्थ हो । यो पूजनीय छ । तर यसलाई घरमा राख्नु अशुभ हुन्छ किनकि यसमा पारिवारिक झगडा र क्लेशको कथा भनिएको छ । यसलाई घरमा राख्दा झैझगडा र तनाव हुन सक्छ ।
६ शंखका साथ रथ
घरको पूजाकोठामा शंख राख्नु शुभ मानिन्छ । शंखको ध्वनिले घरमा सकारात्मक ऊर्जा ल्याउँछ । तर रथका साथ शंख राख्नुभयो भने अशुभ हुन्छ । रथको उपयोग पुरानो जमानामा युद्धहरूमा गरिन्थ्यो र शंखले युद्धको घोषणा गर्थ्यो । त्यसैले रथको शोपीसका साथ शंख नराख्नुहोला ।