Aamsanchar

सबैभन्दा बढी आपराधिक घटनाको वारदात स्थान मेचीनगर को ६ नम्बर वडा

Author Image
बुधवार, असार १३, २०८०

मेचीनगर : लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा रहेको झापाको मेचीनगर —६ काँकरभिट्टाबाट अत्याधिक रुपमा लागूऔषध बरामद भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कार्यक्षेत्रमा पर्ने मेचीनगर-६ काँकरभिट्टा सोझै भारतीय बजारसँग जोडिएका कारण यस्ता खालको मुद्घा अत्याधिक रहेको प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आर्थिक वर्ष २०७९/८० को दश महिनाको अभिलेखले पनि यसलाई पुष्टि गर्दछ । कार्यालयको मातहतमा मेचीनगरका १ देखि ८ नम्बरसम्मका वडा पर्दछन् । बाकी वडाको जिम्मा इलाका प्रहरी कार्यालय धुलावारीको हो । साउनदेखि जेठ महिनासम्ममा यस कार्यालयका विभिन्न शीर्षकमा १ सय ४९ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी लागूऔषधकै ४५ वटा छन् । त्यसमा पनि वारदात स्थान मेचीनगर (६ का ३७ वटा छन् ।

वडा नम्बर १ र ८ मा पर्ने क्षेत्रबाट एक÷एकवटा, वडानम्बर ७ मा पर्ने क्षेत्रबाट ४ तथा वडा नम्बर ५ को क्षेत्रबाट २ वटा लागूऔषध तथा कारोबारी पक्राउ परेका छन् । काँकरभिट्टा बजार र भारतको पानीट्याङ्की बजारको दूरी खासै टाढा नभएका कारण तथा त्यहाँ लागूऔषध सहज रुपमै किन्न पाउने भएकाले कारोबारी र सेवन कर्ताले यो नाका प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।

मेचीनगरको वडा नम्बर —७ पनि मेची खोलासँगै जोडिएका कारण कारोबारी र प्रयोगकर्ताले मेचीखोला हुँदै नेपाल प्रवेश गरेर धन्दा चलाउने भएकाले बढि भएको लागूऔषध नियन्त्रण ब्यारोका एकजना अनुसन्धान अधिकृतले जानकारी दिनुभयो । मुख्यः नाकामा कडाइ गरेका कारण लागूऔषधमा संलग्नहरूले  वैकल्पिक बाटो रोज्ने गरेको प्रहरीको भनाई छ । विभिन्न १८ वटा शीर्षकमा मुद्दा दर्ता हुँदा सबैभन्दा बढी मुद्दाको वारदात स्थान पनि मेचीनगर (६ नै छ ।  कुल १ सय ४९ वटामध्ये ५० प्रतिशतभन्दा बढी मुद्दाको वारदात स्थान मेचीनगर —६ रहेको अभिलेखले देखाएको छ । दश महिनाको अवधिमा ९० वटा मुद्दाको वारदात स्थान मेचीनगर —६ रहेको अभिलेखमा स्पष्ट छ । यसैगरी, अभद्र व्यवहारको कुल ४३ मध्ये ३० वटाको वारदात स्थान मेचीनगर —६ हो ।  मेचीनगर—६ वारदात स्थान भएका मुद्दामा ठगीका ३, झुण्डी आत्महत्या १, भवितव्य ज्यान ३, जबरजस्ती करणी १, चारीका ३, सवारी ज्यानका २, सवारी अङ्गभङ्ग १, बैकिङ्ग कसुर ७, हातहतियार खरखजना १ र सट्टावाजीका १ छन् ।

मेचीनगरको वडा नम्बर ३ बाट सबैभन्दा कम मुद्घा दर्ता भएको जनाइएको छ । झुण्डी आत्महत्या, अभद्र व्यवहार र सवारी ज्यान गरी ३ वटा मात्र मुद्दा दर्ता सो क्षेत्रबाट दर्ता भएको अभिलेखमा छ । वडा नम्बर १ बाट ९, २ बाट ७, ४ बाट ६, ५ बाट ७, ७ बाट २१ र ८ बाट ६ गरी कुल १ सय ४९ वटा मुद्दा दर्ता भएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर