Aamsanchar

समन्वय समिति महासङ्घ कोशी प्रदेश पदाधिकारी र सदस्यहरूले लिए शपथ 

Author Image
बुधवार, असार १३, २०८०

विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यस अघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा  रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्  ।  

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री  तिलकुमार मेन्याङ्बोको  प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख कार्यक्रममा सहभागी थिए ।   नव गठित समन्वय समिति महासङ्घ कोशी प्रदेशको पदाधिकारीमा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई अध्यक्ष बन्नु भएको छ।  जिसस ताप्लेजुङ प्रमुख छिरिङ लामा उपाध्यक्ष, जिसस झापा उपप्रमुख शान्ता रोक्का क्षेत्री सचिव हुँदा उपसचिवमा पाँचथरका यामकुमार आङ्बो उप सचिवमा चयन भएका छन्  ।

१५ सदस्य  प्रदेश समितिको सदस्यहरुमा गौरबहादुर विश्वकर्मा उदयपुर, गुमानसिंह इस्बो  तेह्रथुम, चित्रकला बराइली इलाम, तेजप्रसाद गिरी उदयपुर, गोपालमान थापा ओखलढुङ्गा, ज्ञानेन्द्र राई खोटाङ, तुलसा काफ्ले बराल झापा, हरिमायाँ विक  मोरङ, कुमारी वि।क। सुनसरी र सावित्रा राई धनकुटाबाट चयन भएका छन् ।

धनकुटाको उपप्रमुख समेत रहेकी  सावित्रा राईले जिल्ला समन्वय समिति महासङ्घले  आफ्नो अधिकार, अनुगमन र समन्वयको बारेमा समेत छलफल भएको जानकारी दिइन् ।  जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झाले १४ जिल्ला समन्वय समितिले गरिरहेका कामहरूको बारेमा भइरहेको कामको अनुभव तथा मोरङ जिल्लाले पनि आफ्ना अनुभवहरू सुनाएको जानकारी दिइन्  । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर