विराटनगर – नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन् ।
भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए ।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । त्यसक्रममा भट्टराई चढेको गाडी रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हटाएको थियो ।
कोसी नामकरणको विषयमा असन्तुष्ट पहिचानवादीले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रदेस सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 263