Aamsanchar

केरा र माछा आयातमा रोक लगाउनु पर्ने रविकाे भनाइ, मागे ओलीको साथ

Author Image
शुक्रवार, असार १५, २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् ।

आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् ।शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका थिए ।

विमानबाट ओर्लिएर गाडी चढ्न लागेका एमाले अध्यक्ष ओलीसँग भएको छोटो सम्वादमा रास्वपा अध्यक्ष लामिछानेले केरा र माछाको आयात रोक्नका लागि ओलीको साथ खोजेका हुन् ।

‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ लामिछानेले ओलीलाई भने । जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काए । सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर