Aamsanchar

सरकारको काम कारबाहीप्रति माधवकुमार नेपालको असन्तुष्टि

Author Image
शनिवार, असार १६, २०८०

काठमाडौं : सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

 

जनताले अपेक्षा गरेअनुसार, जनताले चाहेअनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

६५ औं संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न पनि सांसदहरूलाई आग्रह गरे।

जनताको प्रतिनिधि भएको नाताले सांसदहरूले उनीहरूको सेवाको काममा केन्द्रित हुन सरकारलाई दबाब दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढ्न सरकार र सांसदहरूको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरू एकतावद्ध भएर अघि बढनुपर्नेमा पनि जोड दिए। उनले राष्ट्र निर्माणका लागि पूर्व सांसदहरूको अनुभवले ठूलो काम गर्ने स्मरण गराए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर