Aamsanchar

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

Author Image
शनिवार, असार २३, २०८०

काठमाडौं : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ।​

शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

शनिवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले वर्षाका कारणसडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्र र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिएको जनाएको छ।

हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको सुझाव छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर