Aamsanchar

दुई अर्बको लगानीमा बिर्तामोड भाटभटेनी बन्दैै, असोज ४ गते उद्घाटन हुने 

Author Image
सोमवार, असार २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय स्तरको भाटभटेनी सुपर मार्केट निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।

गत ९ महिना अघि देखि निर्माणकार्य सुरु भएको यस सुपरमार्केट नेपालका लागि चमत्कारी ढंगबाट निर्माण कार्य भइरहेको एक परियोजना हो । २४ सै घण्टा निरन्तर काम भइरहेको छ । हाल दैनिक पाँच सय जना श्रमिकहरूले काम गरिरहेका छन् । आगामी असोज ४ गतेबाट २६ औं शाखा बिर्तामोड भाटभटेनी सुपर मार्केट सञ्चालनमा आउने कम्पनीका प्रतिनिधि बिनोद भट्टराईले जानकारी दिए ।

काठमाडौं र इटहरी जस्तै सुविधा उपलब्ध हुने बिर्तामोड भाटभटेनीको लगानी दुई अर्ब रहने बताइएको छ ।  हजारौं उपभोग्य बस्तु उपलब्ध हुने भाटभटेनीमा दुईवटा सिनेमा हल र  फुडकोड पनि रहने छ ।

बैंकको लगानी, थपिदो ब्याज भार लाई कम गर्न छिटो भन्दा छिटो भाटभटेनी सुपर स्टोर सञ्चालनमा ल्याउन तिव्रता दिइएको छ, बिर्तामोड वासीको व्यग्र प्रतीक्षारत रहेको बिर्तामोड भाटभटेनी सञ्चालनमा आएपछि भारतीय बजारका सुपर मार्केटमा किनमेलका लागि जानुपर्ने बाध्यता नरहने कम्पनीले दावी गरेको छ ।

सुपर मार्केटको क्षेत्रमा ब्रान्ड बनाउन सफल भाटभटेनी बिर्तामोडमा सञ्चालनमा आएपछि झापाकै एक आकर्षक व्यापारिक केन्द्र बन्ने र सुलभ दरमा भरपर्दो सामाग्रीहरू खरिद गर्न पाउनेमा स्थानीय  सरोज सुवेदी आशावादी रहेका छन् ।  उनी भन्छन् ‘बिर्तामोड प्रमुख व्यापारिक केन्द्र भन्ने गरिएपनि आफूलाई त्यस्तो महसूस हुनेगरेको थिएन, भाटभटेनी आएपछि बिर्तामोड व्यापारिक केन्द्र हो भन्न सकिने भएको छ । भाटभटेनीको कारण बिर्तामोडको प्रतिष्ठा पनि बढेको छ ।’
भाटभटेनी बिर्तामोड मुक्तिचोक देखि करिव १ किलो मिटर पश्चिममा रहेको पाँचतारे होटल द किङ्सवेरी सँगै रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
15
+1
3
+1
1
+1
0
+1
2
+1
3
+1
2
Views: 574

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१