Aamsanchar

हापुरेमा ढल निकास

Author Image
सोमवार, असार २५, २०८०

दाङ । दाङको एतिहासिक बजार हापुरेमा ढल निकासको समस्या समाधान भएको छ । बबई गाउँपालिका वडा नं.५ स्थित हापुरे बजारमा यस अघि ढल निकास नहुँदा डुवान हुने अबस्था थियो । तर, अब त्यो समस्या हटेको छ । लुम्बिनी प्रदेश सरकारको २० लाखको अनुदान र जनश्रमदानबाट ढल निकास निर्माण भएको हो ।

ढल निकासको काम पूरा भएपछि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सो स्थानको अनुगमन गरेका छन् । त्यस अवसरमा उनले पश्चिम दाङका धेरै समस्याहरु तत्काल हल गर्ने गरि काम अघि बढाएको समेत बताए । उनले विकास निर्माणको कामलाई दिगो र प्रभाबकारी बनाउनकालागि नियमित अनुगमन गर्ने समेत बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 840

प्रतिक्रिया (०)

सम्बन्धित खबर