Aamsanchar

युएईद्वारा नेपाललाई १ सय ५८ रनको चुनौती

Author Image
बुधवार, साउन ३, २०८०

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा युएईले नेपाललाई १ सय ५८ रनको चुनौती दिएको छ।

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएइ ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको हो। युएईका लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए।

नेपालका कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक एक विकेट खसाले ।

अब केहीबेरमा नेपालले जवाफ ब्याटिङ सुरु गर्नेछ । समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरिसकेका छन् । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो भने युएई पनि भारत ए र पाकिस्तान ए सँग नै पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाल ए र युएइ ए बाहिरिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समुह ए बाट श्रीलंका ए र अफगानिस्तान ए सेमिफाईनलमा प्रवेश गर्दा समुह बि बाट भारत ए र पाकिस्तान ए ले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रतियोगितामा समुह बिजेता बन्न आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर