Aamsanchar

सुनसरीको इनरुवामा बिपीको पूर्णकदको सालिक अनावरण

Author Image
शनिवार, साउन ६, २०८०

इनरुवा – बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर