Aamsanchar

लुम्बिनी प्रदेश जनस्वास्थ्य भवन उद्घाटन

Author Image
सोमवार, साउन १५, २०८०


बुटवल । रूपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भवनको उद्घाटन गर्नुभएको हो । ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित प्रयोगशाला भवन सोमबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । ८ करोड ७० लाख २० हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशको केन्द्रिय प्रयोगशालाको रुपमा यसलाई विकास गर्नुपर्ने बताउनु भयो । आधुनिक उपकरण र दक्ष जनशक्ति राखेर नागरिकको विश्वास जित्ने गरि काम गर्न प्रयोगशालालाई निर्देशन दिदै मुख्यमन्त्री चौधरीले प्रदेशको रिर्सोस सेन्टरको रुपमा प्रयोगशालालाई विकास गर्न आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताउनु भयो । मन्त्री खनालले प्रदेशमा रहेका सरकारी तथा निजी प्रयोगशालाहरूलाई सङ्गठितसञ्जालीकरण गरि यसलाई अनुगमन र गुणस्तर नियन्त्रणको केन्द्रको रुपमा विकास गरिने बताउनु भयो ।

स्वास्थ्य मन्त्री खनालले स्तरीय प्रयोगशालाको अभावमा  गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाई रहनु पर्ने बाध्यतालाई चिर्न नव निर्मित प्रयोगशाला भवनलाई एकीकृत र सहज परिक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेकोमा जोड दिनुभयो । समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणको लागी पनि प्रदेश प्रयोगशाला र यसको सञ्जाल कोसेढुंगा सावित हुने मन्त्री खनालले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सेभ द चिल्ड्रेनका नेपाल र भुटान कन्ट्री डाइरेक्टर हेथर क्याम्पबेल, ग्लोबल फन्ड जेनेभाका सिनियर पोर्टफोलियो म्यानेजर स्टेफन स्टोजनोभिक , ग्लोबल फन्डका हेल्थ प्रोडक्ट म्यानेजमेन्ट स्पेसलिस्ट डभिड बगोँजा लगायतले भवनको समुचित प्रयोगले प्रदेशका गाउँवस्तीका मानिसको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर