Aamsanchar

युद्धग्रस्त देशका सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयकाे आग्रह

Author Image
मङ्गलवार, साउन १६, २०८०

काठमाडौं : परराष्ट्र मन्त्रालयले विश्वका कुनै पनि युद्धग्रस्त देशका सेनामा भर्ना नहुन र सुरक्षासम्बन्धी काममा नजान नेपालीहरुसँग आग्रह गरेको छ।

परराष्ट्रले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। परराष्ट्रको विज्ञप्तिमा ‘केही सामाजिक संजाल र सार्वजनिक संचारमाध्यममा नेपालीहरु विदेशी सेनामा भर्ना भएको भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको’ उल्लेख छ।

‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

परराष्ट्रले गलत सूचनाका आधारमा वा कसैले झुक्याएर त्यस्ता युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान सबैसँग अनुरोध गरेको छ।

परराष्ट्रले विज्ञप्तिमा ‘अतः कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ। यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत सबैमा सूचित गरिन्छ’ उल्लेख गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर