Aamsanchar

नेपालको शिक्षा प्रणाली न उँभो न उँधो 

Author Image
शुक्रवार, साउन १९, २०८०

कुनै पनि देश  बिकसित हुन सबैभन्दा पहिला शिक्षा स्वास्थ्य हुनु जरुरी छ । भनिन्छ शिक्षा बिना संसार अन्धकार छ । हाम्रो देश नेपाल दुई ठूला देश चिन र भारत को बिचमा दुई ढुंगा बिचको तरुल जस्तै छ । नेपालमा प्रसस्त सम्भावना छ, भौगोलिक बनावट हिमाल, पहाड, तराई , वनजंगल, खोला नाला छन्, सानो अनि सुन्दर धेरै सम्भावना बोकेको वुद्ध जन्मेको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको , शान्तिको प्रतीक यो सानो सुन्दर र शान्त देश लाई बनाउन कति बेर पनि लाग्दैन मात्र राम्रो नेतृत्व भए पुग्छ ।

यती सानो देशमा आज शिक्षा मा ब्यापार भएको छ , देशको अर्थतन्त्र शिक्षामा लगानी गरेको छ , तर त्यो सबै बालुवामा पानी खन्याए जस्तो भएको छ । स्कुलका भवन बनेका छन , वर्षेनी शिक्षक शिक्षिका नियुक्ति गरेका छन्, राज्यको सम्पत्ति यती धेरै लगानी गर्दा पनि शिक्षा भने ज्यू का त्युँ नै छ , सामुदायिक विद्यालयमा विर्थी छैनन, भएका को पनि उपलब्धि मूलक छैन । निजी विद्यालयमा चर्को मूल्य तिरेर अभिभावक ले आफ्ना छोरा छोरीको भविष्य खोज्दैछन् । सरकार स्कुल को भवन बनाउने र शिक्षक भर्ती गर्दै ठिक छ , आखिर यसको मार अभिभावक लाई पर्दछ , निजी विद्यालय पनि शिक्षा राम्रो दिने भन्दा पनि कसरी आफ्नो स्कुलमा धेरै विध्यार्थी ल्याउने मात्रै सोच ले गर्दा आज नेपालको शिक्षा प्रणाली महँगो र फितलो बन्दै गएको छ ।

शिक्षा मा यस्तो विकृति छ सामुदायिक विद्यालयमा सरकारले सम्पूर्ण लगानी गरेको छ तर प्रभावकारी छैन् निजी विदालय खोल्न स्वीकृत दिएको छ जहां पनि कमिसन छ । किताब कुन पब्लिकेसन को चलाउने , कुन पब्लिकेसन ले कमिसन धेरै दिने त्यही पब्लिकेसन को चलाउने होडबाजी चलेको छ , किन यो कुरालाई सरकार मौन बसेको छ । विद्यार्थीको भविष्य सँग जोडिएको कुरामा किन सरकार मौन छ । सीपमुलक शिक्षा छैन , सामुदायिक विद्यालयमा पढाई छैन , निजीमा पब्लिकेसन को हानाथाप , राज्यको यत्रो लगानी गरेर भवन, शिक्षक ,शिक्षिका राखेपछि सरकारले एकरूपता ल्याउन सकेको छैन , आज ८ कक्षा मा पढने विद्यार्थी लाई सोभ्यो  भने १२ सकेर विदेश जाने भन्छ ,के १२ सकेर विदेश जाने शिक्षा मात्रै हो त ।। यो के हो भन्दा सरकार गरेजस्तो गर्ने , निजी विद्यालय लाई प्रोत्साहन दिने र कमिसन को खेल मात्र होइन र …..

साँच्चै नेपाल सरकार ले शिक्षा क्षेत्रमा लगानी गरेर बालबालिका को उज्जल भविष्य लाई बनाउने हो भने यो शिक्षामा भएको सिन्डीकेट खारेज गरेर भएका श्रोत साधन (भवन र शिक्षक ) लाई परिचालन गरि सबै निजी विद्यालय लाई समेत समेटेर व्यवहारिक र सीपमुलक शिक्षा लाई प्राथमिकतामा राखेर अगि बढेमा पक्कै पनि केही हद सम्म शिक्षा क्षेत्र मा आशाको दियो बल्थ्यो ।
भवन लाई रंगरोकन अनि ठूला ठूला भवन बनाएर मात्र होइन व्यवहारिक र सीपमुलक शिक्षा दिन जरुरी छ , बालबालिका भनेका काँचो माटो हुन जस्तो बनायो त्यस्तै बन्छन् त्यसैले व्यवहारिक र सीपमुलक शिक्षा दिई सुन्दर भविष्य र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)