Aamsanchar

लठ्ठीले हानेर आमाको हत्या गर्ने पक्राउ

Author Image
मङ्गलवार, साउन २३, २०८०

सल्यान : शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्। अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्।

मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर