Aamsanchar

बबई, कमला, नारायणी, कोसीमा बाढी : सतर्कता अपनाउन आग्रह

Author Image
मङ्गलवार, साउन २३, २०८०

तस्बिर : अन्नपूर्णपाेष्टबाट

काठमाडौं – देशका विभिन्न नदीले जल सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले गएरातिबाट भारी वर्षा हुँदा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, मनोहरा, हनुमन्ते लगायतका खोलाको जलसतह उच्च रहेकाले नदी तटिय क्षेत्रमा आज दिउँसो सम्म उच्च सतर्कता महाशाखाले सूचित गरेको छ।

नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकाका कपन, सामाखुसी राधेराधे लगायतका कतिपय स्थानमा सडक, घर र पसलमा बाढी पसेको छ। काभ्रेको पुतलीबजार पनि डुबानमा परेको छ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको र बढ्दो रहेको, बर्दियाको बबई तटीय क्षेत्रमा  हुनेहरू दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर