Aamsanchar

अमलेखगंजको जंगलबाट १सय ५७ किलो गाँजासहित सात जना पक्राउ

Author Image
मङ्गलवार, साउन २३, २०८०

बारा –बारा प्रहरीले १५७ किलो अवैध लागु औषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं २२ स्थित अमलेखगंजको जंगलबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

गाँजा ओसारपसार भईरहेको सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १ का ३९ वर्षीय रोशन नेगी, भिमफेदी गाउँपालिका ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका २२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्धिन खान, १८ वर्षीय देव कुमार , ३५ वर्षिय जागिरद्धिन मियाँ, भारत बहराईजका २६ वर्षीय अहमद भाट रहेका छन् ।

उनीहरुको साथबाट बा ११ च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटलको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार हेटौडा उपमहानगरपालिका १ का नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्को पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौडाबाट गाँजा ल्याएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

नेगीलाई नियन्त्रणमा लिएपछि प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडी र मोटरसाईकलमा गाँजा लिन आएका व्यक्तिलाई जंगलभित्रैबाट पक्राउ गरेको हो । घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको प्रहरीले अन्य दुई जनालाई उनीहरुको बयानका आधारमा पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक बोगटीले गाँजा ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए । पक्राउ परेका व्यक्तिमाथी लागूऔषध मुद्धामा कारवाही गरिने समेत बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)