Aamsanchar

धरानमा भारी वर्षा

Author Image
शनिवार, साउन २७, २०८०

सुनसरी – शनिबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा सुनसरीको धरान र आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थान भई बहने सेउती, खेसलियालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन २७ गते, साँझ ४ः१० बजे । पछिल्लो तीन घण्टामा सुनसरीको धरान र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उक्त स्थान भई बहने सेउती खोला, खेसलिया खोलालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर