Aamsanchar

वर्षासँगै पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध

Author Image
आइतवार, साउन २८, २०८०

उदयपुर :लगातारको वर्षाका कारण गएको पहिरोले मदन भण्डारी स्मृति लोकमार्ग अवरुद्ध भएको छ। तीन दिनदेखि परेको पानीले उदयपुरखण्डको उदयपुरगढी गाउँपालिका ५ मौवासीमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।

मौवासी खोलाको पुल सूचारुसँगै सडक फराकिलो बनाइ कालोपत्रे बनाउनसाथ माथिबाट पहिरो बगेको लोकमार्गको आयोजना कार्यालय गाईघाटका प्रमुख डिई गोपालप्रसाद खकुरेलले बताए। आइतबार बिहान ३ बजे गएको पहिरोले लोकमार्गको पचास मिटर सडक पुरेको स्थानीयले बताएका छन्।

अवरुद्ध सडक सुचारु गर्न जेसिवी र लोडर दुई वटा प्रयोग गरिएको खकुरेलले बताए। उनले भने, ‘बिहानैदेखि गएको पहिरो खुलाउन जिल्ला प्रहरी कार्यालय र स्थानीयको सहायता लिए पनि लगातारको वर्षाका कारण समस्या भएको छ।’

‘जेसिवी र लोडेर परिचालन गरिए पनि पानी नरोकिएकाले सम्भव भएको छैन्,’ उनले भने, ‘जति सफा गर्यो उत्ति नै माथिबाट पहिरो बगेको छ, मौसममा सुधार हुनसाथ केही सहज होला।’, थपे, ‘सहजरुपले काम गर्न ट्राफिक प्रहरीको सहायतामा अहिले गाईघाट र कटारीबाट सडक ड्राईभर्सन गरिएको छ, पानी रोकियो भने सम्भवत बेलुकासम्म एकतर्फी सडक सुचारु गर्छौं।’

सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिंडेका यात्रुहरु अलपत्र परेका छन् भने केही सवारी साधन फर्केर बैकल्पिक सडक प्रयोग गर्न थालेका छन्। अवरुद्ध सडक तत्काल सुचारु नहुने भएपछि पूर्व र पश्चिमबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधनलाई गाईघाट र कटारीबाटै महेन्द्र राजमार्गबाट पठाउने व्यवस्था मिलाइएको उनले बताए।

उनले भने, ‘सडक कालोपत्रे गर्ने क्रममा भित्ताको भागको रकहरु कमसल देखिएका थिए, कालोपत्रे गरेर रोकथाम गर्न वालहरु लगाउने तयारी गर्दा गर्दै पहिरो गयो।’ दुई दिन अघि पनि सोही ठाउँमा पहिरो गएपछि राती १ बजे आयोजना कार्यालय र त्रियुगा नगरपालिकाको जेसिवीले सफा गरी सडक सुचारु गरिएको थियो।

मदन भण्डारी स्मृति लोकमार्गको उदयपुर खण्डको उदयपुरगढी गाउँपालिका–५ मौवासी खोला नजिक पहिरोजाँदा अवरुद्ध बनेको सडक।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर