Aamsanchar

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर

Author Image
सोमवार, साउन २९, २०८०

विराटनगर :  कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन्।

प्रमुख परशुराम खापुङले मुख्यमन्त्री उद्धव थापाको  सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायधिवक्तामा  सुनसरी वराहक्षेत्र नगरपालिका– ३ का कटुवाललाई नियुक्त गरिएको हो।

नवनियुक्त मुख्यन्यायधिवक्ता कटुवाललाई आजै उच्च अदालत, विराटनगरका  मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख परशुराम खापुङको समुपस्थितिमा पद तथा गोपनियताको शपथ गराइएको हो।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर