Aamsanchar

राज्यकोषबाट उपचार खर्च नलिने मन्त्री गुरुङकाेे घोषणा

Author Image
शुक्रवार, भदौ १, २०८०

काठमाडौं – कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपचारका लागि राज्यकोषबाट उपचार खर्च नलिने घोषणा गरेका छन्। शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारीको भेलामा बोल्दै मन्त्री गुरूङले गरिब जनताले निशुल्क उपचार नपाएसम्म आफूले उपचारका नाममा राज्यकोषबाट रकम नलिने घोषणा गरेका हुन्।

मन्त्री गुरुङले उपचारका लागि आफू अस्पताल भर्ना हुँदा त्यहाँका कर्मचारीले उपचारमा ठूलो रकम खर्च भएको र त्यो रकम राज्यकोषबाट लिन सुझाव दिएको बताए।

‘मन्त्रीज्यूको उपचारमा धेरै खर्च भयो होला।  तपाई आफै मन्त्री हुनुहुन्छ। मन्त्रिपरिषदबाट उपचार खर्च आफै लिनुहोला भन्ने सुझाव दिए,’तर जबसम्म गरिबन भन्दा गरिब नेपालीलाई राज्यले उपचारमा निशुल्क उपचार गर्न सक्दैन तबसम्म एक रुपैयाँ पनि राज्यकोषबाट उपचार खर्च लिँदैन भन्ने मेरो प्रतिवद्धता छ।’

उनले मुलुक सुधारका लागि पहिले आफै सुधारिनु आवश्यक रहेको बताए। मन्त्री गुरूङले  मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ भनेर टिप्पणी उठाउनेहरूको हातमा हतकडी मात्रै लगाएर सुशान स्थापना गर्न नसकिने जिकिर गरे। उनले यो कुरामा सबै स्पष्ट हुनुपर्ने बताए।

‘ जसले मुलुक भष्टाचारमुक्त हुनुपर्छ भनेर टिप्पणी उठाउँछ तिनका हातमा हतकडी लगाउने। टिप्पणी उठाउन आदेश दिनेहरूलाई तिनै सलाम ठोक्नेहरू प्रवत्तिको अन्त्य हुनुपर्छ,’उनले भने। मन्त्री गुरुङले उच्च तहका नेताहरूको सम्पत्ती छानबिन हुनुपर्ने बताए। उनले सबै  नेताहरू आर्थिकरुपमा पारदर्शी हुनुपर्ने धारणा व्यक्त गरे।

‘आर्थिकरुपमा  नेताहरू पारदर्शी हुनुपर्छ। मैले सम्पत्ती विवरण बुझाइसकेको छ,’उनले भने,’नेताहरूको सम्पत्ती छानबिन गर्न सरकार अगाडि बढ्छ।’
उनले मुलुकलाई भ्रष्टाचारबाट मुक्त राख्न कुनै पनि भ्रष्टाचारी र तस्करीको मुख नहेर्ने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)