Aamsanchar

युवा संघका बेलबारी अध्यक्ष पक्राउ

Author Image
शनिवार, भदौ २, २०८०

विराटनगर : नेकपा (एमाले)को भातृ संगठन युवा संघका बेलबारी नगर अध्यक्ष ३४ वर्षीय काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको बेलबारी नगरपालिका–१० घर भएका उनलाई बलात्कार आरोपमा प्रहरीले साउन ३२ गते बिहीबार पक्राउ गरेको हो। आफूलाई असार २ गते बलात्कार गरेको भनेर २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो। तामाङ रेस्टुरेन्ट पनि चलाउँछन्। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर