Aamsanchar

नारायणगढ–मुग्लिन सडक अबको चार घण्टामा एकतर्फी खुल्ने सम्भावना

Author Image
मङ्गलवार, भदौ ५, २०८०

काठमाण्डाै – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड १२ घण्टादेखि ठप्प छ । चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक हिजो बेलुका ८ बजे पहिरो खसेको हो ।

पहिरो पन्छाउन दुई वटा मेसिन, एउटा एक्स्काभेटर खटाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार घण्टामा एकतर्फी सडक खुलाइने कार्यालयका सब-इञ्जिनियर सुजन थापा मगरले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा गाडीको लामो लाइन छ । यात्रुहरु रोकिएका छन् । यो सडक पहिरोका कारण पटक-पटक बन्द हुँदै आएको छ । प्रहरीले आज सकेसम्म यो सडकको यात्रा नगर्न आग्रह गरेको छ । गर्नेै परे वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध छ ।

मुग्लिन-नारायणगढ सङ्घीय राजधानी काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी ओहोरदोहोर हुने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर