Aamsanchar

को हुन तुलसीदास ?

Author Image
बुधवार, भदौ ६, २०८०

को हुन तुलसीदास ?
समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दु दर्शनका पूर्नब्याख्याकार, धार्मिक आख्यानकार र कवि का रुपमा प्रसिद्ध तुलसीदास प्रभु ९सन् १५३२ देखि १६२३० को आज जन्मजयन्ति, उनी गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभु विशेषतः भगवान् श्री राम प्रतिको समर्पण अनि उनका खण्डकाव्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय ९तुलसीदासकृत रामायण० का लागी यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसीदास प्रभुले यो जगत् छाडेर गएको थुप्रो समय भइसके पनि विभिन्न पूजा कोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि विद्यापीठहरूमा तुलसीदास प्रभुको अवधि भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।

वाल्मीकिको पूर्नजन्मका रूपमा तुलसीदास
कवि तुलसीदासलाई वाल्मीकिको पूर्नजन्मका रूपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दु अनुयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका हुन् । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।

जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम ‘रम्बोला’ रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात् केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।

यस क्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दै गए ।

तुलसीदास प्रभुको भनाई :
म उनलाई राम भन्छु, तिमी उनलाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ । केवल उनमा तिमी विश्वास राख, भौतिक आशक्तिलाई उनको सामु त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासित विचारक भइसकेका हुनेछौ ।

तुलसीदास बारे एउटा प्रचलित अवधि भाषाको श्लोक नेपाली भाषामास्

चित्र कुटको घाटमा भयो, सन्तहरूको भीड
तुलसीदास प्रभु चन्दन घस्ने, टिका लाउने रघुवीर

यस्ता धार्मिक साधकहरू चाहे कालिदास हुन या तुलसीदास, वहाँहरूको समाज रूपान्तरणका कथाहरू अहिले पनि मैथिल र अवध गाउँहरूमा बडो रस अनि सम्मानका साथ सुनाइने गरिन्छ ।

तुलसीदासको जीवनका रमाइला घटनाक्रमहरू
तुलसीदास सुरुवातकालीन दिनमा आफ्नो श्रीमती रत्नावलीप्रति अत्यन्तै आशक्त थिए । श्रीमती माइत गएको बेला एक दिन पनि छुट्टिएर बस्न नसक्ने तुलसीदास एक दिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रीमतीको कोठा पुगेका थिए, झुक्किएर डोरी भन्ठानेर सर्प समाती चढेका तुलसीदास सर्पदशंबाट धन्न बाँचेका थिए । श्रीमतीले तपाईँ म प्रति कति धेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठुलो साधु हुनुहुने थियो भनेर भनेपछि धर्म र साधनाप्रति लागेका तुलसीदासका वाणीहरू अहलेको आधुनिक युगमा पनि उत्तिकै जनप्रिय तथा सान्दर्भिक छ ।

तुलसीदास सामान्य जीवन बाँच्ने तर असामान्य सृजना र कृतीका रचयिताका रूपमा आज पनि धेरैका प्रेरणाका स्रोत हुन् । तुलसीदास ब्रम्हलीन भएको १०० वर्षपछि पनि उनका अनुयायी प्रियदासले तुलसीदासको मृत्यु र उनका जीवनका सात वटा अद्भुत आत्मिक अनुभवका बारेमा भक्तिरसवोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मीकिको अवतारकै रूपमा आफ्नो कृती भक्तकमलमा व्याख्या गरेका छन् ।

धर्म र भगवानप्रतिको भक्ति र समर्पणको मार्गमा लम्किएका तुलसीदासको आज जन्म जयन्ती हो । उनका विचारलाई हिन्दूधर्मको परिधि बाहिर पनि सहजै व्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि सामाजिक मर्म, मानवता अनि सारा जीवजन्तु, प्रकृतिका प्रवक्ता हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर