Aamsanchar

बाढीले दिप्लीघाट दुधकोशी बेलिबृजमा क्षति

Author Image
शुक्रवार, भदौ ८, २०८०

विराटनगर – लगातारको भारी बर्षा र दुधकोशी नदीमा आएको भीषण बाढी पहिरोले दिप्लीघाट दुधकोशी बेलिबृजमा क्षति पुर्याएको छ ।  जसका कारण सोताङ र महाकुलुङका जनतालाई सडक यातायातको माध्यमबाट सदरमुकाम,काठमाडौ र तराई आवागमन (आउजाउ) ठप्प भएको छ ।बर्षा र बाढी अझै निरन्तर आइरहेकोले थप सतर्कता अपनाउनु पर्ने सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद गोम्बु शेर्पाले बताएका छन् । उनले यथासम्भव चाँडो बैकल्पिक व्यवस्था गरी  यस असुविधाबाट मुक्त गर्नको लागि थुलुङदुधकोशी, सोताङ र महाकुलुङ ३ वटै स्थानीय सरकार, प्रदेश सरकार,संघीय सरकार र सम्बद्ध निकायसँग माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर