Aamsanchar

विराटनगरबाट काठमाडौं जाँदै गरेको कारमा २० केजी चाँदी बरामद, दुई जना पक्राउ

Author Image
मङ्गलवार, भदौ १२, २०८०

सिन्धुलीमाढी- सिन्धुली जिल्लामा प्रहरीले मङ्गलबार अवैद्य २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । बीपी राजमार्ग हुँदै विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको  नीजि कार खनियाखर्क प्रहरी चौकीले चेक गर्ने क्रममा उक्त चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीय रोहितकुमार यादवले चलाई ल्याएको नीजि कारबाट उक्त चाँदी बरामद गरिएको हो । उक्त कार्यमा संलग्न भएको अभियोगमा  कारचालक यादव र सोही गाडीमा सबार सप्तरी जिल्ला राजविराज नगरपालिका–८ घर भई हाल विराटनगर महानगरपालिका–४ निवासी ३७ वर्षीय शेचन मानन्धरसहित कारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले कारको चालक पछाडीको सिटमुनी चार वटा सेतो प्लाष्टिकको पोकामा लुकाईछिपाई ल्याएको उक्त चाँदीको मूल्य २४ लाख ६१ हजार ७६० रुपियाँ खुल्न आएको छ ।

नियन्त्रणमा लिएको चाँदी थप अनुसन्धानका लागि राजस्व कार्यालयमा पठाउने उहाँले बताउनुभयो । ‘‘सूचनाका आधार र चलि रहेको छ भन्ने हिसाबले हेर्दाखेरी उक्त चाँदी फेला परेको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘बरामद गरेको चाँदीको कागज पत्र, बिल केही पनि छैन । अवैद्य देखियो, कहाँबाट ल्याएको स्रोत पनि देखिएन ।’’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर