Aamsanchar

ज्येष्ठ नागरिकका लागि दाङको राप्ती गाउँपालिकामा निःशुल्क एम्बुलेन्स

Author Image
बिहिवार, भदौ १४, २०८०

दाङ – दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ ।

निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षीलाई सहज हुने भएको छ ।

पहिले पनि गर्भवती र सुत्केरीलाई निःशुल्क सेवा प्रदान गर्दै आएकामा अबदेखि ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा दिन लागिएकाे राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले  जानकारी दिनुभएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले सहयोगापेक्षीलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पुर्‍याउने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर