Aamsanchar

आमाको काजकिरिया गर्दै २० वर्षीया छोरी

Author Image
शुक्रवार, भदौ १५, २०८०

गुल्मी – गत साउन २८ गते गुल्मी घमिरकी ७३ वर्षीय वृद्धा ओमकुमारी रोकाहाको मृत्यु भयो। ओमकुमारीको मृत्युपश्चात् रोकाहा परिवार शोकमा डुब्यो।

गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा आमाको मृत्युपछि २० वर्षीया साइली छोरी कञ्चन रोकाहा मगरले आमाको काजकिरिया गरिरहेकी छिन्। घरमा आमाको किरिया गर्नका लागि छोरा नभएपछि छोरीले नै दागबत्ती दिएर काजकिरिया सुरु गरेकी हुन्।

छोरी कञ्चनले भनिन्, ,समाजमा सन्तानबीच देखिने विभेद चिरेर छोराछोरी बराबरको सन्देश दिँदै आफ्नो कर्तव्य निभाएकी हुँ। हाम्रो समाज अझै अन्धो छ आखाँ देखाउने काम हामीबाट सुरु हुनुपर्छ।”

बुबा आमाको मृत्युपछि छोराले सबै गरेको त देखिरहेका छौं तर छोरीले आमाको दाहसंस्कारदेखि काजकिरिया गरेको गाउँकै पहिलो भएको मालिका गाउँपालिका-७ का वडाध्यक्ष हिरा कार्कीले बताए।

समाजमा हिन्दु संस्कार अनुसार आमा बुबा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले काजकिरिया गर्न हुँदैन भन्ने चलन छ। प्रायः आमा बुबाको मृत्युपछि छोराले नै काजकिरिया गर्छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर