Aamsanchar

ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान सुरु

Author Image
सोमवार, भदौ १८, २०८०

ताप्लेजुङ- ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब तीन महिनापछि उडान सुरु भएको छ । मौसममा सुधार आएसँगै नेपाल वासुसेवा निगमले सोमबारदेखि सुकेटारमा उडान सुरु गरेको हो ।

गत जेठ महिनाको अन्तिम सातादेखि प्रतिकूल मौसमको कारण देखाउँदै नेपाल वायुसेवा निगमले सुकेटार विमानस्थलमा उडान बन्द गरेको थियो । बर्खा मौसमको अन्त्यसँगै मौसम अनुकूल भएपछि उडान सुरु गरेको निगमले जनाएको छ ।

सोमबार निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भरेको हो । निगमका ताप्लेजुङस्थित निमित्त स्टेसन इन्चार्ज सचिन तिवारीका अनुसार काठमाडौँदेखि सात जना यात्रु बोकेर आएको जहाजले यहाँदेखि एक जना यात्रु लिएर फर्किएको छ । बन्द भएको लामो समयपछि पहिलो उडान भएकाले सोमबार थोरै यात्रु भएका स्टेसन इन्चार्ज तिवारीको भनाइ छ ।

उहाँका अनुसार अब साताको तीन दिन सोमबार, बिहीबार र शनिवार काठमाडौँ–ताप्लेजुङ नियमित उडान हुनेछ । यसअघिको भाडादरमा एक हजार रुपियाँ घटाएर ताप्लेजुङ–काठमाडौँका लागि आठ हजार ४०० रुपियाँ र काठमाडौँ–ताप्लेजुङका लागि आठ हजार ६०० रुपियाँ कायम गरिएको पनि निगमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर